काठमाडौं क्षेत्र नम्वर १ का युवा उम्मेदवार अनिल शर्मा को हुन् ?

शुक्रबार, २४ कार्तिक २०७४, १४ : ००
काठमाडौं क्षेत्र नम्वर १ का युवा उम्मेदवार अनिल शर्मा को हुन् ?

काठमाडौं क्षेत्र नं. १ मा नेपाली कांग्रेसका बरिष्ठ नेता प्रकाशमान सिंह, बाम गठबन्धनबाट अनिल शर्मा र बिबिसिका पूर्व प्रत्रकार रबीन्द्र मिश्र चुनावी मैदानमा आएपछि चुनावी प्रर्तिष्पर्धा रोचक बन्ने भएको छ । आज हामी बाम गठबन्धनका उम्मेदवार अनिल शर्माको बारेमा चर्चा गर्दैछौं ।
माओवादी केन्द्रको विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका लोकप्रिय नेता अनिल शर्मा उमेरले ३५ पनि काटेका छैनन् तर, सोंचले निकै खारिएका छन् । ‘विकास गर्नलाई बिरासत र ठूलो प्रोफाइल चाइने होइन सोंच र प्लान चाइने हो त्यो म राम्रोसँग गर्न सक्छु,’ शर्मा भन्छन् ।  
रुकुम जिल्लाको सङ्गठन विस्तार, स्थानीय चुनावमा रुकुमको सफलतादेखि उज्यालो अभियानको प्लानिङसम्मको जस पाएका शर्मा व्यवस्थापनमा निकै माहिर मानिन्छन । कम बोल्ने तर धेरै काम गर्ने स्वभावका शर्मा युवाहरुमाझ अत्यन्त लोकप्रिय छन् ।
काँग्रेसका नेता प्रकाशमान सिंह, विवेकशील साझा पार्टीका संयोजक रबिन्द्र मिश्र, नेपाली कांग्रेस विपीका नेता हरिबोल भट्टराई र नयाँ शक्ति पार्टीका नारायाण ढकाल पनि सोही क्षेत्रबाट चुनाव लड्दै छन् । रविन्द्र मिश्रको खासै सङ्गठन छैन तर केही मतदाताहरु उनीप्रति आकर्षित छन्, भने प्रकाशमान सिंह पटक–पटक यहाँबाट चुनाव जितेर पार्टी र संसदमा राज गरिरहे पनि विकासको काम पटक्कै देखिँदैन् ।
प्रकाशमान सिंहप्रति लक्षित गर्दै शर्माले जनताको मतले बिजयी भएकाहरु कहिल्यै जनताको बीचमा जान नसकेकाले जनताको समस्या समाधान हुन नसकेको बताए । संक्षिप्त कुराकानीमा शर्माले भने, ‘जनताले चुनेर पठाएका प्रतिनिधीहरु जनताको समस्याप्रति बेखवर हुँदा मतदाताहरुमा निरासा छाएको भन्दै आफू सधै जनताको साथमा रहने प्रतिबद्वता व्यक्त गरे ।’
त्यस्तै, विदेश पलायन भएका लाखौं युवाशक्तिलाई दीर्घकालीन योजना अन्तर्गत रोजगार सृष्टि गरेर स्वदेशमै रहने व्यवस्था गरिने शर्माको भनाई छ ।
लोडसेडिङ अन्त्यका अभियान्ता समेत रहेका शर्मा धेरै बोल्नेभन्दा पनि कसरी काम गरेर जनतालाई खुसी पार्न सकिन्छ भन्ने तर्फ सोच्ने गर्दछन् । यसअघि तत्कालिन ऊजामन्त्री जनार्दन शर्मासँग समन्वय गरेर अनिल शर्माले काठमाडौं क्षेत्र नम्बर १ का सुकुम्वासी वस्ती पुगेर बिना लालपुर्जा बत्ती जडान गरिदिएका थिए ।
गत सोमबार मात्र सुकुम्वासी वस्ती पुगेका शर्माले बागमति र रुद्रमती किनारका स्थानीयलाई लालपुर्जाको ग्यारेन्टी र एक घर एक रोजगारीको सुनिश्चित गर्ने प्रतिबद्वता समेत व्यक्त गरेका छन् ।


को हुन् शर्मा ?
पृष्ठभूमि
बुबा स्कन्द शर्मा र आमा नर्मदा शर्माकी कान्छा छोरा हुन् अनिल कुमार शर्मा । अनिल कुमार शर्मा, २०३९÷०२÷१० गते रुकुममा जन्मिएका हुन् । बुबा स्कन्द शर्मा रुकुममा कम्युनिष्ट पार्टीको संस्थापक जिल्ला कमिटी सदस्य समेत हुन् । गाउँकै स्कुलबाट एसएलसी पास गरेका शर्मा २०६२÷६३ को जनआन्दोलन उत्कर्षमा पुगिरहेका बेला अखिल क्रान्तिकारीको नेतृत्व गर्दै काठमाडौं आएका हुन् । राजनीतिशास्त्र र पत्रकारितामा स्नातकसम्म अध्ययन गरेका शर्मा हाल काठमाडौं महानगरपालिका–१० स्थित थापागाँउ, बानेश्वरमा बस्दै आएका छन् ।
राजनीति जीवन
२०४८ सालमा अनेरास्ववियु क्रान्तिकारीको बाल संगठनमा आबद्ध भएर राजनीति सुरुवात गरेका जुजारु शर्मा अखिल क्रान्तिकारीले सञ्चालन गरेको जिल्लास्तरिय कार्यक्रममा निकै सहभागि हुन्थे ।
२०५३ सालमा तत्कालिन नेकपा माओवादीको पार्टी सदस्यता लिएसँगै पूर्णकालिन राजनीति जीवनको प्रारम्भ गरेका शर्माले अखिल क्रान्तिकारी रुकुमको जिल्ला सदस्य हुँदै जिल्ला सहसचिव र जिल्ला अध्यक्षको समेत कुशल नेतृत्व गरिसकेका छन् ।
तत्कालिन नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धको कठिन समयमा समेत पार्टीले दिएको विभिन्न जिम्मेवारीलाई हाल काठमाडौं क्षेत्र नम्वर १ का उम्मेदवार शर्माले कुशलतापूर्वक सम्पन्न गरेका थिए । छरितो, निडर कार्यशैली र नेतृत्व क्षमतालाई उच्च मुल्याङकन गर्दै तत्कालिन नेतृत्वले २०६२ सालमा पार्टी र क्रान्तिको कामलाई अगाडि बढाउन शर्मालाई काठमाडौंको जिम्मेवारी दिएको थियो ।
विद्यार्थी संगठनबाट आफ्नो राजनीतिक यात्रा प्रारम्भ गरेका नेता शर्मा अखिल (क्रान्तिकारी) केन्द्रिय सदस्य, सचिव, महासचिव हुँदै केन्द्रिय समितिको वरिष्ठ उपाध्यक्ष समेत भइसकेका छन् ।
काठमाडौंमा लोडसेडिङ अन्त्यका नायक जनार्दन शर्माका सहोदर भाई अनिल शर्मा उज्यालो नेपालका अभियान्ता समेत हुन् । दाजु ऊर्जामन्त्री हुँदा शर्मा लोडसेडिङ अन्त्यका लागि दिनरात खटिएका थिए । अकल्पनिय लोडसेडिङ अन्त्यका लागि ।
विद्यार्थीकोे नेतृत्व तहमा हुँदा उनको योजनामा अखिल (क्रान्तिकारी) ले प्लस २ मा ५ प्रतिशत विद्यार्थीलाई निःशुल्क अध्ययन गर्ने अवसर प्रदान शर्माले नै गरेका हुन् । साथै नीजि विद्यालयमा माध्यामिक तहमा १० प्रतिशत विद्यार्थीलाई निःशुल्क अध्ययन गराउने आन्दोलनको नेतृत्व समेत शर्माले गरेका थिए ।
सर्वाजानिक यातायात तथा विद्यार्थीले विभिन्न क्षेत्रमा सुरुमा ३३ प्रतिशत रहेको छुटलाई ४५ प्रतिशतसम्म पुर्याउने आन्दोलनको कुशलतापुर्वक नेतृत्व गर्दै सफलतामा पुर्याएका थिए ।
कुरामा भन्दा काममा विश्वास गर्ने उनको दृष्टिकोणलाई अखिल (क्रान्तिकारी) मा अहिले पनि उत्तिकै आदर्श र प्रेरणादायी नेतृत्वको रुपमा विद्यार्थीले सम्झने गरेका छन् ।
नैतिकवान, सदाचर, मृदुभाषी एवं जनतासँगको सहज पहुँच उनका चारित्रिक विशेषतालाई आजको युवा समुदायले ग्रहण गर्न लायक विषय हुन् । विद्यार्थी आन्दोलनमा शर्माको कार्यशैलीको प्रशंसा, अखिल (क्रान्तिकारी) मा मात्र नभई अन्य विद्यार्थी संगठनले समेत मुक्तकण्ठले प्रशंसा गर्ने गरेको पाइन्छ ।
अग्रसर सहकारी संस्थापक, अग्रसर सहकारी संस्थापक सल्लाहकार, नेपाल विकास समाज काठमाडौंको अध्यक्ष, अनेरास्ववियु (क्रान्तिकारी) उपत्यका अध्यक्ष, इन्चार्ज नेकपा माओवादी केन्द्रका प्रभावशाली युवा नेताको रुपमा परिचित शर्मा छन् ।

 

प्रतिक्रिया दिनुहोस