काठमाडौँ । नेपालले पूजा महतोको कप्तानीमा एसिसी एसिया कप राइजिङ स्टार्स खेल्ने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले पूजाको कप्तानीमा एसिया कप खेल्ने टोली घोषणा गरेको हो । कप्तान इन्दु बर्मा ग्लोबल छनोट खेल्ने क्रममा घाइते भएका कारण उपकप्तान पूजालाई कप्तानको जिम्मेवारी दिइएको हो ।
थाइल्यान्डमा हुने प्रतियोगितामा नेपालले फेब्रुअरी १३ मा पाकिस्तान ‘ए’, फेब्रुअरी १५ मा युएई र फेब्रुअरी १७ मा भारत ‘ए’सँग खेल्नेछ ।
यस्तो छ नेपाली टिम
पूजा महतो (कप्तान), बिन्दु रावल, सम्झना खड्का, रुवि पाद्दोर, रुविना क्षेत्री, कविता जोशी, कविता कुँवर, सीता रानामगर, रिया शर्मा, सुमन विष्ट, अनु कठायत, मनिषा उपाध्याय


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ माघ २०८२, १२ : २६
लेखकबाट थप