काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणका (क्यान) का निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।
आइतबार विशेष अदालतका न्यायाधीशत्रय हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अधिकारीलाई थुनामा पठाउने आदेश दिएको थियो ।
भक्तपुर नलिन्चोकमा हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको मुद्दामा उनलाई कारागार चलान गरिएको एक उच्च प्रहरी अधिकृतले बताए ।
हेलिपोर्ट निर्माणमा साढे १३ करोड भ्रष्टाचार गरेको कसुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधबार अधिकारीसहित सातजनाविरुद्ध मुद्दा दायर गरेको थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ मंसिर २०८२, ०६ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सेवा दलको महानिर्देशकमा अवकाश प्राप्त उपरथी याम ढकाल नियुक्त