अर्थमन्त्रीले गरे अमेरिकी उच्च पदस्थ अधिकारी र दातृनिकायसँग छलफल

सफल खबर संवाददाता

बुधबार, २९ असोज २०८२, १२ : १३
अर्थमन्त्रीले गरे अमेरिकी उच्च पदस्थ अधिकारी र दातृनिकायसँग छलफल

काठमाडौं । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको वासिङटन डी.सी.मा रहेका अर्थमन्त्री रामेश्वर प्रसाद खनालले आज संयुक्त राज्य अमेरिकाको वाणिज्य प्रतिनिधिसँग छलफल गरेका छन् ।

सो क्रममा नेपाल र संयुक्त राज्य अमेरिका बीचको आपसी व्यापार र लगानी प्रबर्द्धनका विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ । सो क्रममा उनले नेपाल ट्रेड प्रिफ्ररेन्स प्रोग्रामको म्याद थप गर्न आग्रह गरे । अमेरिकी स्टेट डिपार्टमेन्टका प्रतिनिधिसँग दुई देशको सम्बन्ध सुदृढ गर्नेलगायत आपसी हितका विषयमा संवाद भएको मन्त्रालयले जनाएको छ ।

साउदी फन्डका प्रतिनिधिले नेपालमा सिँचाई र जलविद्युतमा फन्डको लगानी रहने जानकारी गराए । जापान सहयोग नियोगका प्रतिनिधिसँग बिपी राजमार्ग पुनर्निर्माण, नागढुङ्गा सुरुङ मार्ग र कोटेश्वर सेक्सन आयोजना छिटो अगाडि बढाउने लगायतका विषयमा छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस