गृहमन्त्री आर्यालद्वारा तीनवटै सुरक्षा निकायका प्रमुखसँग छलफल

सफल खबर संवाददाता

विहीबार, २३ असोज २०८२, १४ : ५४
गृहमन्त्री आर्यालद्वारा तीनवटै सुरक्षा निकायका प्रमुखसँग छलफल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन् ।

बिहीबार सिंहदरवारस्थित मन्त्रालयमा तीन वटै सुरक्षा निकायहरूसँग छलफल गरेका हुन् ।

छलफलमा नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बल, नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र नेपाली सेनाका प्रतिनिधिहरू सहभागी थिए ।

पछिल्लो राजनीतिक घटनाक्रम, विपद् व्यवस्थापनबारे जानकारी लिएको बताइएको छ ।

साथै, काठमाडौँमा बढेको सुरक्षा चुनौतीबारे पनि उनीहरूबीच छलफल भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस