काठमाडौँ । जेनजी आन्दोलनका क्रममा निजी लगानीमाथि भएका लुटपाट र आगजनी घटनामा संलग्नमाथि कारबाही गर्न निजी क्षेत्रका तीन ठूला संगठनले माग गरेका छन्।
सोमबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले अर्थमन्त्री रामेश्वर खनाललाई भेट्दै यस्तो माग गरेका हुन्।
तीनै संगठनका प्रतिनिधिहरूले आन्दोलनका क्रममा निजी सम्पत्तिमाथि भएका तोडफोड, लुटपाट र आगजनीमा संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्ने माग राखेका थिए। उनीहरूले यस्तो घटना दोहोरिन नदिन सरकारलाई तत्काल कारबाहीका लागि आग्रह गरेका छन्। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष अग्रवालका अनुसार अर्थमन्त्री खनालसँगको भेटमा सरकारको हालैको प्याकेजबारे पनि छलफल भएको थियो। उनले सरकारका तर्फबाट व्यवसायिक सहजता, बैंकिङ सहुलियत, बीमा प्रक्रियाको सरलीकरण र सन्दर्भ मूल्य खारेजीजस्ता कदम सकारात्मक रहेको बताए।
गुरुङ काठमाडौं जिल्ला प्रहरी परिसर भद्रकालीमा लिखित जाहेरी लिएर पुगेका थिए। तर प्रहरीले जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिनका लागि जाँचबुझ आयोगले काम गरिरहेको भन्दै प्रहरीले जाहेरी दर्ता गर्न अस्वीकार गरेको स्रोतले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० असोज २०८२, २० : ५३
लेखकबाट थप