नेपालका राजनीतिक दलहरू निर्वाचनदेखि निर्वाचनसम्म मात्रै केन्द्रित भए: सचिव कार्की

सफल खबर संवाददाता

शनिबार, ३१ साउन २०८२, १२ : ५९
नेपालका राजनीतिक दलहरू निर्वाचनदेखि निर्वाचनसम्म मात्रै केन्द्रित भए: सचिव कार्की

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सचिव राम कार्कीले नेपालका राजनीतिक दलहरू निर्वाचन केन्द्रित मात्रै भएको बताएका छन् । उनले राजनीतिक दलहरू निर्वाचनदेखि निर्वाचनसम्म मात्रै केन्द्रित हुँदा देशको विकास हुन नसकेको बताए । 

अहिलेको निर्वाचन जित्ने भनेको अर्को निर्वाचन जित्ने हो भन्ने स्थितिबाट राजनीतिक दलहरू अघि बढिरहेको उनको टिप्पणी छ । सचिव कार्कीले नेपालको राजनीतिको चक्रलाई राजनीतिक दलहरूले पनि ०८४ का रूपमा हेरिरहेको र आम नागरिक, किसान, मजदुरहरूले पनि परिवर्तनको चक्रमा रुपमा हेरिरहेको बताए । 

हरेक १५—२० वर्षभित्र नेपालमा ठुला ठुला आन्दोलनहरू हुने गरेको स्मरण गर्दै जनताको असन्तोष, चाहना, आकाङ्क्षाहरू त्यसैतर्फ परिलक्षित भइरहेको उनले बताए । नेपालको राजनीतिमा सक्रिय र प्रभावी रहेका राजनीतिक दलहरूको औचित्यमाथि नै प्रश्न खडा हुनेगरी अहिलेको परिस्थिति अघि बढिरहेको सचिव कार्कीले बताए । 

सचिव कार्कीले अहिले संसारको नेतृत्व नै पुँजीपति वर्गले गरिरहेको बताए । 

प्रतिक्रिया दिनुहोस