देशमा केही हुन्न भन्ने भाव चिन्ताजनक छ : अध्यक्ष केसी

सफल खबर संवाददाता

आइतबार, ०८ असार २०८२, १२ : ५७
देशमा केही हुन्न भन्ने भाव चिन्ताजनक छ : अध्यक्ष केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्नै कमजोरीले लोकतन्त्र र गणतन्त्रमाथि आक्रमण भइरहेको बताएका छन् ।

आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अहिले पनि संसद् जसरी चल्नुपर्ने हो, त्यसरी चल्न नसकेको बताए । उनले आफ्नो स्वाभिमान र इज्जतलाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिए । 

अध्यक्ष केसीले सत्ता र शक्तिमा भएकाहरूको इशारामा गोटी बनेर हिँड्दा दिनप्रतिदिन इज्जत क्षय भएर जाने बताए । उनले देशमा केही हुन्न भन्ने भाव नयाँ पिँढीमा भएको भन्दै चिन्ता व्यक्त गरे ।

वर्तमान शिक्षा प्रणालीले मुलुक नबन्ने उनको भनाइ छ ।  सङ्घीय प्रणाली नेपालको प्रगति र उन्नतिको लागि नल्याइएको जिकिर गर्दै उनले सत्ता, शक्ति र सम्पत्तिको पछि लाग्दै जानु राष्ट्रको लागि दुर्दशा भएको बताए ।

प्रतिक्रिया दिनुहोस