उपसभामुख राना दक्षिण अफ्रिका प्रस्थान

सफल खबर संवाददाता

बुधबार, ०४ असार २०८२, ११ : १०
उपसभामुख राना दक्षिण अफ्रिका प्रस्थान

काठमाडौँ । उपसभामुख इन्दिरा रानामगर चार दिने भ्रमणका लागि बुधबार बिहान दक्षिण अफ्रिका प्रस्थान गरेकी छन् । दक्षिण अफ्रिकाको प्रिटोरिया सहरमा आयोजना गरिएको लोकतन्त्र सम्बन्धी उच्चस्तरीय संवादमा भाग लिन उपसभामुख राना दक्षिण अफ्रिका प्रस्थान गरेकी हुन् ।

उपसभामुख रानाले इन्टरनेशनल इन्स्टिच्युट फर डेमोक्रेसी एन्ड इलेक्टोरल असिस्टेन्स (आइडिइए), ओपन सोसाइटी फाउन्डेसन र दक्षिण अफ्रिकाको अन्तर्राष्ट्रिय सहयोग तथा सम्बन्ध विभागको आयोजनामा जुन १९ र २० मा हुने  ‘अफ्रिकामा लोकतन्त्रको पुनः परिकल्पना, विश्वव्यापी दक्षिणका तुलनात्मक अनुभवहरू’ विषयक उच्चस्तरीय संवादमा भाग लिने कार्यक्रम छ । उनी जेठ ८ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस