चितवन । पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड ४ घण्टापछि संचालनमा आएको छ । इच्छाकामना गाउँपालिका–५, तुईन खोलास्थित खसेको पहिरो अपरान्ह ४ बजे हटाएपछि एकतर्फी संचालनमा आएको हो ।
गयराति पानी परेपछि आज सुख्खा पहिरो खस्दा बाटो अवरुद्ध भएको थियो । दुईतर्फी रुपमा एक्साभेटर प्रयोग गरेर पहिरो हटाएपछि सवारी चापलाई मध्यनजर गरी एकतर्फी बाटो खुलाईएको चितवन प्रहरीले जनाएको छ ।
यसैबीच पहिरो हटाएर सवारी आवागमन सुचारु गर्दा माथिबाट ढुंगा छतमा खसेर हायस माइक्रो र एम्बुलेन्समा सामान्य क्षति पुगेको छ । एम्बुलेन्सको सिसा चर्किए सामान्य क्षति पुगेको छ भने मानविय क्षति नभएको प्रहरीले जनाएको छ । प्रहरीले बुझेर, हेरेर मात्र सुरक्षित यात्रा गर्नुहुन अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ असार २०८२, १६ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरोले अवरूद्ध भएको नारायणगढ-मुग्लिन सडक एकतर्फी खुल्यो