काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले विद्यालयहरूले सीपसहितकाे सक्षम जनशक्ति उत्पनदनमा ध्यान दिनुपर्ने बताएका छन् ।
श्री रत्नराज्य माध्यमिक विद्यालय, नयाँ बानेश्वर काठमाडौं ६४ओैं वार्षिकोत्सब तथा सम्मान, प्रमाणपत्र र पुरस्कार वितरण समाराेहमा बाेल्दै उनले अहिले शैक्षिक बेराेजगारकाे सँख्या धेरै भएकाेमा चिन्ता व्यक्त गर्दै अब सीपसहितकाे शिक्षा हुनुपर्ने धारणा राखे ।
विद्यलयबाट शैक्षिक बेराेजगार बेराेजगार उत्पादन गर्ने क्रम राेक्नुपर्नेमा जाेड दिँदै सिंहले भने,`शैक्षिक प्रमाणपत्रसँगै सीपकाे प्रमाणपत्र दिएर विद्यार्थीले चाहेकाे लक्ष्यमा पुग्न सक्ने सक्षम बनाउनेतर्फ अब विद्यालयहरूले ध्यान दिनुपर्छ ।
आफ्नै निर्वाचन क्षेत्र काठमाडौं-१ मा पर्ने यस विद्यालयकाे भौतिक विकासमा जनप्रतिनिधिका रूपमा आफूसहितका जनप्रतिनिधिले भूमिका खेलेकाे स्मरण गरे । उनले विद्यालयले ६४ वर्षकाे इतिहासमा पुर्याएको याेगदान प्रसंशनीय रहेकाे बताए ।
त्यस्तै उपप्रधानमन्त्री सिंहले असल जनप्रतिनिधि छाने राम्राे काम हुन्छ भन्ने उदाहरण काठमाडौं १ भएकाे पनि बताए । ०६४ अघि र अहिलेकाे अवस्था तुलना गर्न आग्रह गर्दै क्षेत्रमा विकासले गति लिएकाे दाबी गरे ।
`झण्डा फर्फराउन । सांसद हुन जनप्रतिनिध बनेका हाेइनाैं । देश र समाजकाे, देशकाे, जनताकाे सेवा गर्न राजनीतिमा लागेका हाैं´, उपप्रधानमन्त्री सिंहले भने,`त्यसैले जनप्रतिनिधिले आफ्नाे निर्वाचन क्षेत्रमा शिक्षा,स्वास्थ्य,खानेपानी र अन्य पूर्वाधार विकाससँगै कुनै समस्या परेकाे बेलामा समाधानका लागि पहल गर्नुपर्छ ।´
उपप्रधानमन्त्री सिंहले कमजाेरीकाे गित गाएर मात्रै नहुने भन्दै कमजाेरी ओैल्याउने र भएका काम भयाे पनि भन्नुपर्ने बताए । अहिलेकाे संघीय लाेकतान्त्रिक गणतन्त्र कसैकाे दयामायामा प्राप्त नभएकाे भन्दै प्राप्त उपलब्धिलाई जनता र सरकार मिलेर संस्थागत गर्नुपर्ने धारणा राखे । उनले अहिले सरकारले नागरिककाे जीवन र जिविका सहज हाेस् भन्ने चाहना पूरा गरेनका लागि प्रयास गरिरहेकाे बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ जेठ २०८२, १३ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्री सिंह र भाजपा नेता जोलीबिच भेटवार्ता
सेवा भावले काम गर्नुनै राजनीतिको धर्म होः उपप्रधानमन्त्री सिंह
शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास आवश्यक छ : उपप्रधानमन्त्री सिंह
७ बुँदे सहमतिको स्पिरिटअनुसारनै संविधान संशोधन र सरकार सञ्चालन : उपप्रधानमन्त्री सिंह
नेपाललाई जलवायु न्याय दिन विश्व समुदाय सकारात्मक देखिएको छ : उपप्रधानमन्त्री सिंह
जनतामा निराशा बढेपछि कांग्रेस–एमाले सरकार बनाएका हौं : उपप्रधानमन्त्री सिंह