काठमाडौँ । नेपाली कांग्रेसनिकट कर्मचारी युनियनले सभापति शेरबहादुर देउवालाई उनकै निवासमा भेटेर निजामती विधेयकमा सुधारका सुझाव पेस गरेको छ।
आइतबार देउवा निवास पुगेका युनियनका कर्मचारीले अवकाश उमेर ५८ बाट ६० वर्ष बनाउँदा ६ महिनादेखि २ वर्षको संक्रमणकाल दिनुपर्ने, अतिरिक्त सचिवको कार्यकाल तोक्नुपर्ने, १२ वर्ष सेवा पुगेका कर्मचारीको एक तह बढुवा गर्नुपर्ने, उपसचिव र सहसचिवको परीक्षामा हालकै ५ वर्षे सेवा अवधि कायम राख्नुपर्ने र निजामती कर्मचारीको परिभाषामा तीनै तहका कर्मचारी समेट्नुपर्ने सुझाव बुझाएका छन्।
हाल राज्य व्यवस्था समितिबाट पारित भई संसद्को पूर्ण बैठकमा पुगेको यो विधेयकमा देउवाले संसदमार्फत संशोधनका लागि प्रयास गर्ने आश्वासन दिएका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ जेठ २०८२, १३ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)
काँग्रेसको क्रियाशील सदस्यता सम्बन्धी फेरि नयाँ तालिका सार्वजनिक
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?