काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ ले महानगरका प्रवक्ता तथा वडा नम्बर १७ का वडाध्यक्ष नवीन मानन्धरलाई स्पष्टीकरण सोधेका छन् । आइतबार पत्रमार्फत स्पष्टीकरण सोधिएको प्रवक्ता मानन्धरले जानकारी दिए । स्पष्टीकरण सोध्नुको मुख्य कारण मेयर शाहको विरुद्धमा आवाज उठाउनु रहेको उनको भनाइ छ ।
‘केहि पनि विषय तोकिएको छैन । मैले अहिले बोलिरहेको विषयमा उहाँको आपत्ति रहेको बुझेको छु, यद्यपि पत्र मेरो हातमा परिसकेको छैन’ उनले भने । मेयर शाहले पाँच महिनादेखि कार्यपालिका बैठक बोलाउन नसकेको भन्दै चैत १० गते कार्यपालिका माग गर्दै कांग्रेसबाट निर्वाचित सबै वडाध्यक्षहरूले मेयर शाहलाई ज्ञापनपत्र बुझाएका थिए ।
प्रवक्ता मानन्धरलगायतका वडाध्यक्षहरूले बालेनको एकल निर्णयलाई विरोध गर्दै आएका छन् । यसअघि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यालय प्रवेश गराउने क्रममा प्रवक्ता मानन्धरले मुख्य भूमिका खेलेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ जेठ २०८२, १२ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फोहोरमा राजनीति गर्ने र गराउने दिन सकिए, दिगो व्यवस्थापन गर्छौं: बालेन्द्र शाह