काठमाडौँ । पेप्सीकोलाबाट रत्नपार्कतर्फ आउँदै गरेको बा३ख ७०६२ नम्बरको बसले तीनकुनेमा मारुती भ्यान र मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।
बसको ठक्करबाट मोटरसाइकलमा सवार नुवाकोटकी २३ वर्षीय नगिना तामाङको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराले बताउनुभयो । मोटरसाइकल चालक रामेछापको दोरम्बाका २७ वर्षीय पदम थापामगर, भ्यानका चालक काभ्रेपलाञ्चोक मण्डनदेउपुरका ३५ वर्षीय रत्नबहादुर सार्की, ठक्कर दिने बसमा सवार दोलखा गौरीशङ्करकी २४ वर्षीय मेनुका बुढाथोकी घाइते हुनुभएको छ । प्रहरीले बस चालक रामकुमार खड्का, भ्यान र मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ बैशाख २०८२, ११ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
चितवनमा बोलेरोले स्कुटरलाई ठक्कर दिँदा ५२ वर्षीया महिलाको मृत्यु
ट्रकको ठक्करबाट एक युवतीको मृत्यु
ट्रकको ठक्करबाट ७२ वर्षीया महिलाको मृत्यु
क्षेत्रपुरमा बलेरोको ठक्करबाट स्कुटर चालक घाइते
धादिङमा दुइवटा कार आपसमा ठोकिदाँ चार जना घाइते