काठमाडौं । राष्ट्रिय सभाको बैठक एक घण्टाका लागि स्थगित भएको छ । शुक्रबार दिउँसो सवा १ बजेका लागि बोलाइएको बैठक केही ढिलो गरी सुरु भएको थियो । बैठक सुरु भए लगत्तै विपक्षी दलका सांसदहरूले उठेर विरोध गरे ।
त्यसपछि सभाध्यक्ष नारायाण दाहालले राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्मालाई बोल्न समय दिए । सांसद विश्वकर्माले विपक्षीको प्रदर्शनको दिन संसद बैठक राखेकोमा आपत्ति जनाए । कुलमान घिसिङको बर्खास्तीबारे प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुपर्ने माग गरे ।
यही माग राखेर केही दिनदेखि विपक्षी दलहरूले संसद् बैठकमा अवरोध गर्दै आएका छन् । शुक्रबार पनि १७ मिनेटसम्म सभा अगाडि जान नसकेपछि सभाध्यक्ष नारायण दाहालले एक घण्टाका लागि बैठक स्थगित गरेका हुन् ।
बैठक स्थगित गर्नु अगाडि सभाध्यक्ष दाहालले संसद्को गतिरोध अन्त्यका लागि राजनीतिक सहमति खोज्न आग्रह गरेका छन् । ‘दलहरू आफैँ सक्रिय बनेर कसरी समाधान गर्ने हो रु सत्तापक्ष एकातिर प्रतिपक्ष अर्कोतिर कानमा तेल हालेर बसेर समाधान हुँदैन । राजनीतिक सहमति खोजियोस्,’ दाहालले भनेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ चैत्र २०८१, १३ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभा र प्रदेश सांसदलाई उम्मेदवार नबनाउने काँग्रेसको निर्णय
राष्ट्रिय सभा सदस्यहरूले भने : ‘अबको एजेन्डा प्रतिनिधि सभा पुनर्स्थापना होइन, चुनाव नै हो’
अन्तरिम सरकारले ल्याएको पहिलो विधेयक राष्ट्रिय सभामा दर्ता
राष्ट्रिय सभा : विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै
१९ जना सांसद राष्ट्रिय सभाबाट बिदा हुँदै
राष्ट्रिय सभाका अध्यक्ष दाहाल जेनेभा प्रस्थान