काठमाडौं । राष्ट्रिय सभाको बैठक एक घण्टाका लागि स्थगित भएको छ । शुक्रबार दिउँसो सवा १ बजेका लागि बोलाइएको बैठक केही ढिलो गरी सुरु भएको थियो । बैठक सुरु भए लगत्तै विपक्षी दलका सांसदहरूले उठेर विरोध गरे ।
त्यसपछि सभाध्यक्ष नारायाण दाहालले राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्मालाई बोल्न समय दिए । सांसद विश्वकर्माले विपक्षीको प्रदर्शनको दिन संसद बैठक राखेकोमा आपत्ति जनाए । कुलमान घिसिङको बर्खास्तीबारे प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुपर्ने माग गरे ।
यही माग राखेर केही दिनदेखि विपक्षी दलहरूले संसद् बैठकमा अवरोध गर्दै आएका छन् । शुक्रबार पनि १७ मिनेटसम्म सभा अगाडि जान नसकेपछि सभाध्यक्ष नारायण दाहालले एक घण्टाका लागि बैठक स्थगित गरेका हुन् ।
बैठक स्थगित गर्नु अगाडि सभाध्यक्ष दाहालले संसद्को गतिरोध अन्त्यका लागि राजनीतिक सहमति खोज्न आग्रह गरेका छन् । ‘दलहरू आफैँ सक्रिय बनेर कसरी समाधान गर्ने हो रु सत्तापक्ष एकातिर प्रतिपक्ष अर्कोतिर कानमा तेल हालेर बसेर समाधान हुँदैन । राजनीतिक सहमति खोजियोस्,’ दाहालले भनेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ चैत्र २०८१, १३ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री कार्की र राष्ट्रिय सभाका अध्यक्ष दाहालबीच भेटवार्ता
राष्ट्रिय सभाको रिक्त पदमा को पुग्लान् ?
राष्ट्रिय सभामा जिम्मेवारीपूर्वक प्रस्तुत हुने काँग्रेसको निर्णय
राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथ ग्रहण कार्यक्रम फागुन २५ गते तय
राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा निर्माणाधीन नयाँ संसद् भवनको निरीक्षण, निर्माणलाई तीव्रता दिन निर्देशन