काठमाडौं। माघी पर्वको अवसरमा राष्ट्रपति कार्यालय शीतल निवासमा शुभकामना आदानप्रदान कार्यक्रम राखिएको छ । मङ्गलबार आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विभिन्न दलका शीर्ष नेताहरूले शुभकामना आदानप्रदान गरेका छन् ।

शुभकामना आदानप्रदान कार्यक्रममा राष्ट्रपति पौडेलले मुलुकका विद्यमान समस्यालाई मध्यनजर गर्दै राष्ट्रिय हितको मूल उद्देश्य पूरा गर्न सबै एकजुट भएर अघि बढ्नुपर्ने बताए ।
कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वराष्ट्रपतिद्वय रामवरण यादव र विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्रीहरू, उपप्रधानमन्त्री, मन्त्री, सांसदलगायत उपस्थित छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ माघ २०८१, १२ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस-एमाले शीर्ष नेताहरूको बैठक सुरु
सिंहदरवारमा तीन दलका शीर्ष नेताको बैठक जारी
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको बैठक बस्दै
प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताको छलफल जारी