धादिङ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट दुइ वटा कार ठोकिदाँ चार जना घाइते भएका छन्। रोराङ गाउँपालिका-३ सलाङघाटमा दुइवटा कार आपसमा ठोक्किएर दुर्घटना हुँदा चार जना घाइते भएका हुन्।
कारमा सवार काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-२ का २६ वर्षीय प्रज्ञान खड्का र २८ वर्षीय प्रमोद खड्का, रामेछापको खाडादेवी गाउँपालिका-८ की २१ वर्षीया सुनिता बरैली र मकवानपुरको हेटौडा उपमहानगरपालिका-८ की २४ वर्षीया बबिता खनाल घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको हो ।
आज (शनिबार) बिहान १० बजे काठमाडौंबाट पोखरा जाँदै गरेको बागमती प्रदेश ०१-०२९ च १३६९ नम्बरको कार र काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१-०३० च ४५०९ नम्बरको कार आपसमा ठोकिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० पुस २०८१, ११ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
चितवनमा बोलेरोले स्कुटरलाई ठक्कर दिँदा ५२ वर्षीया महिलाको मृत्यु
ट्रकको ठक्करबाट एक युवतीको मृत्यु
ट्रकको ठक्करबाट ७२ वर्षीया महिलाको मृत्यु
क्षेत्रपुरमा बलेरोको ठक्करबाट स्कुटर चालक घाइते
फिस्लिङमा ग्यास बुलेटको ठक्करबाट एक महिलाको मृत्यु