धादिङ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट दुइ वटा कार ठोकिदाँ चार जना घाइते भएका छन्। रोराङ गाउँपालिका-३ सलाङघाटमा दुइवटा कार आपसमा ठोक्किएर दुर्घटना हुँदा चार जना घाइते भएका हुन्।
कारमा सवार काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-२ का २६ वर्षीय प्रज्ञान खड्का र २८ वर्षीय प्रमोद खड्का, रामेछापको खाडादेवी गाउँपालिका-८ की २१ वर्षीया सुनिता बरैली र मकवानपुरको हेटौडा उपमहानगरपालिका-८ की २४ वर्षीया बबिता खनाल घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको हो ।
आज (शनिबार) बिहान १० बजे काठमाडौंबाट पोखरा जाँदै गरेको बागमती प्रदेश ०१-०२९ च १३६९ नम्बरको कार र काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१-०३० च ४५०९ नम्बरको कार आपसमा ठोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० पुस २०८१, ११ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु