बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशभित्र खेल क्षेत्रको समग्र विकास गर्न प्रदेश सरकारले अभिभावकत्व प्रदान गर्ने बताएका छन् ।
मदन भण्डारी स्पोर्टस् एकेडेमीको १६ औँ स्थापना दिवसका अवसरमा बुटवलमा मदन भण्डारी गोल्ड कप ईन्डो नेपाल रनिङ्गशिल्ड पुरुष भलिबल च्याम्पियनसिप २०८१ को उद्घाटन गर्दै उनले खेल क्षेत्रको विकास र खेलाडीहरूको उत्साह कायम राख्न प्रदेश सरकारले अभिभावकत्व प्रदान गर्ने बताएका हुन् ।
मुख्यमन्त्री आचार्यले प्रदेशभित्र पूर्वाधार, खेलाडी उत्पादन र नियमित प्रतियोगिताहरू सञ्चालन गरेर खेल क्षेत्रको विकास गर्न सकिने बताए ।पुस २४ गतेसम्म चल्ने उक्त प्रतियोगितामा नेपाल र भारतका विभिन्न आठ वटा समूहले प्रतिस्पर्धा गर्दै छन् ।
ती समूहमा मदन भण्डारी स्पोर्टस एकेडेमी, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएएफ क्लब, मणि मुकुन्द भलिबल क्लब, गुजरात स्टेट भलिबल एसोसिएसन भारत, गलकोट भलिबल क्लब, रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र रहने छन् ।
प्रतियोगितामा प्रथम पुरस्कार सात लाख, द्वितीय पुरस्कार तीन लाख ५० हजार, तृतीय पुरस्कार एक लाख ७५ हजार, सान्त्वना पुरस्कार एक लाख रुपैयाँ नगद तथा ट्रफी, मेडल र प्रमाणपत्र रहनेछ ।
उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधामा आकर्षक पुरस्कार रहेको एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए । प्रतियोगितामा १ करोड ६० लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ पुस २०८१, १५ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन समुदाय परिचालन जरुरी : मुख्यमन्त्री आचार्य
लुम्बिनीलाई आधार मानेर समग्र प्रदेशको विकासमा केन्द्रित छौँ : मुख्यमन्त्री आचार्य