चितवन । चितवनको फिस्लिङमा ग्यास बुलेटको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
चितवनको नारायणगढबाट काठमाडौं आउँदै गरेको ग्यास बुलेटले केहीबेर अघि पैदलयात्री महिलालाई ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
घटनाको विरोधमा स्थानीयले बाटो अवरुद्ध पारेका छन् । सो स्थानमा इलाका प्रहरी कार्यालय मुग्लिनबाट इन्सपेक्टर निरला भण्डारी नेतृत्वको टोली खटिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट पनि डीएसपी ज्ञानकुमार महतोको कमान्डमा थप टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ मंसिर २०८१, १३ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु
काठमाडौँमा बसको ठक्करबाट युवतीको मृत्यु, तीन जना घाइते
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
चितवनमा बोलेरोले स्कुटरलाई ठक्कर दिँदा ५२ वर्षीया महिलाको मृत्यु
ट्रकको ठक्करबाट एक युवतीको मृत्यु
ट्रकको ठक्करबाट ७२ वर्षीया महिलाको मृत्यु