एजेन्सी । रुस र युक्रेनले युद्ध सुरु भएयता एकअर्काविरुद्ध सबैभन्दा घातक ड्रोन आक्रमण गरेका छन्।
आइतबार रुसी रक्षा मन्त्रालयले भन्यो, ‘हामीले युक्रेनी ड्रोनहरू छवटा क्षेत्रमा रोकेका छौँ। तीमध्ये केही राजधानी मस्कोतर्फ गइरहेका थिए। जसका कारण मस्कोका तीन प्रमुख विमानस्थलबाट उडानहरू डाइभर्ट गर्नुपरेको थियो।’
युक्रेनी वायुसेनाका अनुसार रुसले शनिबार राति १ सय ४५ वटा ड्रोन आक्रमणहरू गरेको थियो जसले देशको हरेक भागलाई लक्षित गरेको थियो। तीमध्ये अधिकांशलाई खसालिएका थिए।
रुस र युक्रेनबिचका यी घातक ड्रोन आक्रमणहरू यस्तो समयमा सुरु भएका छन् जब अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले द्वन्द्व अन्त्य गर्न दुवै पक्षलाई दबाब दिन सक्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २६ कार्तिक २०८१, ०८ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुस-युक्रेन र अमेरिकाको वार्ता अबुधाबीमा हुने
युक्रेन–रुसमा अस्थायी युद्धविराम, अमेरिकी मध्यस्थतामा सहमति
रुस र युक्रेनबीच आबुधाबीमा महत्त्वपूर्ण शान्ति वार्ता
युरोपेली संघद्वारा रुसविरुद्ध नयाँ आर्थिक प्रतिबन्ध लागू
भेनेजुयलासँग द्वन्द्व नगर्न रुसको अमेरिकालाई आग्रह
रुसले गर्यो विश्वकै पहिलो ‘न्यूक्लियर पावर्ड’ क्रुज मिसाइल परीक्षण