कैलाली । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले भन्सार छली गरी ल्याइएका रु. नौ लाख बराबरको सामान बरामद गरेको छ । प्रहरीले आज जिल्लाका विभिन्न स्थानमा रहेका भारतीय नाकाबाट भन्सार छली गरी ल्याइएका रु. नौ लाख एघार हजार एक सय १० मूल्य बराबरको अवैध सामान बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराका अनुसार धनगढीबाट करिब रु. पाँच लाख पाँच हजार सात सय ८० बराबरको किराना सामान, तामा पित्तलका भाँडा, मिठाइ, प्याज र प्लास्टिक तथा भजनीबाट रु. दुई लाख ३० हजार मूल्य बराबरको प्याज, मोटरसाइकल र चिनी बरामद गरिएको छ ।
टीकापुरबाट रु. एक लाख ३२ हजार सात सय ३० बराबरको किरानाका सामान, प्लास्टिकका खेलौना, शृंगारका सामान, चिनी र प्याज, गोदावरीबाट रु. २६ हजार छ सय बराबरको कपडा र कैलारी गाउँपालिकाबाट रु. १६ हजार बराबरको बोइलर कुखुरा बरामद गरिएको उनले जानकारी दिए। बरामद गरिएका अवैध मालसामानसहित पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक बोहराले बताए।
 
                 
                     
                                     
                    
 
                     
                                                 
                                                 
                                                _20251024072916.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ असोज २०८१, १४ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सात लाख बढीको भन्सार छलीको समान बरामद