काठमाडौं । मुग्लिन–नागढुंगा सडकखण्ड अन्तर्गत जवाङ खोला नजिक ट्रक र कार ठोक्किएका छन् । धादिङ प्रहरीका अनुसार दुर्घटनामा प्रदेश ३ ०१–०२४–च २४५१ नम्बरको कार र भारतीय नम्बरको ट्रकठोक्किएका हुन् ।
दुर्घटनामा कार चालक घाइते भएका छन् । उनको अवस्था भने थाहा हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय धादिङले दुर्घटनामा मानवीय क्षति नभएको र अरु विस्तृत विवरण संकलनको काम भइरहेको जनाएको छ ।
दुर्घटनास्थल धादिङ र चितवनको सिमानामा पर्दछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ भदौ २०८१, ११ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु