बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । मंगलबार आचार्यले प्रदेशसभामा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल सकिएसँगै मत विभाजन गर्दा उनले ७० मत पाएका हुन् । उनको विपक्षमा ११ मत मात्र परेको सभामुख तुलाराम घर्ती मगरले जानकारी दिए ।
आचार्य साउन ७ गते एमालेका २९ र कांग्रेसका २७ गरी ५६ प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । आज आचार्यलाई एमाले र कांग्रेससहित जसपा, लोसपा र नागरिक उन्मुक्ति पार्टीका सांसदले विश्वासको मत दिएका छन्।
विपक्षमा भने माओवादी र राष्ट्रिय जनमोर्चाका सांसदले मतदान गरेका छन् । यस्तै राप्रपाका सांसद भने तटस्थ बसेको सभामुखले जानकारी दिए । राप्रपाका ४ सांसद रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ भदौ २०८१, १६ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन समुदाय परिचालन जरुरी : मुख्यमन्त्री आचार्य
लुम्बिनीलाई आधार मानेर समग्र प्रदेशको विकासमा केन्द्रित छौँ : मुख्यमन्त्री आचार्य
सरकारले कार्यक्रमको प्रतिफल मापन गरेर काम गर्नुपर्छ : मुख्यमन्त्री आचार्य
बुद्ध जन्मभूमि लुम्बिनी गौरवको केन्द्र: मुख्यमन्त्री आचार्य
सामुदायिक विद्यालयको नतिजामा सन्तोष गर्ने ठाउँ छैन : मुख्यमन्त्री आचार्य
खेल क्षेत्रले देशलाई चिनाएको छः मुख्यमन्त्री आचार्य