चितवन । प्रवासी चितवन बहुउद्देश्यीय सहकारी संस्थाले सस्थाको तेस्रो स्थापना दिवस विविध कार्यक्रमहरु आयोजना गरि मनाएको छ । संस्थाले आज शुक्रबार तेस्रो स्थापना दिवसको अवसर पारेर एस एम एस प्रणालीको पनि शुभारम्भ गरेको छ । एस एम एस प्रणालीको भरतपुर महानगरपालिका वडा नम्बर १२ का अध्यक्ष लेखराज पन्तले एक कार्यक्रमका बिच सिस्टमलाई क्लिक गरेर शुभारम्भ गरेका हुन ।
कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख अतिथि समेत रहनु भएका अध्यक्ष पन्तले सहकारीहरु प्रतिको नकारात्मक सन्देशलाई चिर्न सक्ने गरि जनताको बिश्वास जितेर काम गर्न प्रवासी चितवन बहुउद्देश्यीय सहकारी संस्थालाई शुभकामना दिए। बढ्दो सहकारीहरुको नकारात्मक प्रभावलाई सकारात्मक बनाउने गरि सदस्यहरुलाइ सेवा पुर्याउन आवश्यक छ उहाँले भन्नुभयो,तब मात्र सहकारी प्रतिको जनताको हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन सकिन्छ । अध्यक्ष पन्तले सहकारीमा एकरूपता कायम गर्दै सहकारी शिक्षा, प्रशिक्षण र जागरणलाई समन्वयात्मक रूपमा एकीकृत ढंगले अगाडि बढाउनु आजको आवश्यकता रहेको समेत प्रष्ट पारे ।
सस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न समयमा रक्तदान कार्यक्रम,बृद्ध बृद्वाहरुलाइ विभिन्न आश्रम गएर खाना खुवाउने कार्यक्रम,सडक सरसफाइ कार्यक्रम,छात्रवृत्ति कार्यक्रम जस्ता विविध कार्यक्रमहरु गरेर सस्थालाइ सामाजिक कार्यमा निरन्तर अगाडि बढाइरहेको छ । उक्त सस्था चितवनबाट बिदेश गएर लामो समय काम गरेर फर्केकाहरुले सन्चालन गरेको बिशुद्व सामाजिक सस्था हो । सस्थाका ब्यबस्थापक दुर्लभबन्धु पोख्रेलले सन्चालन गरेका कार्यक्रम संस्थाका अध्यक्ष मुक्तिप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियोे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ साउन २०८१, १५ : १८
लेखकबाट थप