काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लोकतन्त्रलाई जसरी लैजानुपर्ने हो त्यसरी लैजान नसकिएको बताएका छन् ।काठमाडौँमा नेकपा एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशनमा शुभकामना मन्तव्य दिँदै अध्यक्ष केसीले लोकतन्त्र वा गणतन्त्र अप्ठेरो परेका बेला यो पार्टी स्थापना भएको भन्दै लोकतन्त्रलाई अघि बढाउन सबै दल एकजुट हुनुपर्ने बताए ।
‘अहिलेको लोकतन्त्र या गणतन्त्र यिनै पार्टीको योगदानबाट आएको हो । यद्यपि यसलाई जसरी लैजानुपर्ने हो लान सकिएको छैन’, केसीले भने, ‘देशको राष्ट्रिय एकता सार्वभौमसत्ता र एकताका लागि हामी सबै एकै ठाउँमा उभिनुपर्छ ।’
कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले समाजको विभाजन रोक्न समावेशी र न्यायपूर्ण समाज निर्माणमा सबैको योगदान हुनुपर्ने बताइन् । उनले लोकतन्त्र र मानवअधिकारको रक्षा गर्दै दिगो विकासको पक्षमा आफ्नो पार्टी लाग्ने बताइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ असार २०८१, १५ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म सङ्घीयताको विरोधी होइन तर सङ्घीयता नेपालमा सम्भव छैन : अध्यक्ष केसी
सडक नबन्दा जनताले घेर्न थाले, म अर्कै बाटो गाउँ जान्छुः चित्रबहादुर केसी
काश्मीरी जनताको न्यायपूर्ण मागलाई समर्थन गर्छौँ : चित्रबहादुर केसी
लोकतन्त्र र गणतन्त्र सुरक्षित छैन, सबै चनाखो हुनुपर्छः चित्रबहादुर केसी
कुलमानलाई बर्खास्त गर्ने ओली सरकारको निर्णय गलत: चित्रबहादुर
प्रतिगामीहरूले प्रजातन्त्रविरुद्ध हल्ला पिटेका छन् : अध्यक्ष केसी