काठमाडौं। लक्ष्मी सन्राइज बैंकले काठमाडौंको कपनमा आफ्नो शाखा स्थानान्तरण गरी सेवा विस्तार गरेको छ ।बूढानीलकण्ठ नगरपालिका - १० कपनमा रहेका २ शाखामध्ये रुद्रमती चोकको शाखा सोही नगरपालिकाको वडा नम्बर १२ स्थित फैकामा स्थानान्तरण गरिएको बैंकले जनाएको छ ।
बैंकका अनुसार स्थानान्तरण गरिएको साविकको रुद्रमती चोकको शाखाका ग्राहकहरूले कपनकै पञ्चकन्या चोकमा रहेको अर्को शाखामार्फत सेवा लिन सक्नेछन् ।शाखा स्थानान्तरणसँगै बैंकले ग्राहकहरूमाझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज बनाउने विश्वास लिएको छ ।
स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीहरूलाई सबै प्रकारका रिटेल बैंकिङ्ग सेवा प्रदान गर्नेछ ।
साथै, आफ्ना ग्राहकहरूलाई थप व्यवस्थित र सहज सेवा प्रदान गर्न बैंकले बर्दिबासमा रहेका आफ्ना २ वटा शाखा गाभी साबिक सन्राइज बैंकको शाखा रहेको स्थान - औरही चोक (हालको स्थानभन्दा २०० मिटर पश्चिमतर्फ), बर्दिबास नगरपालिका–१, महोत्तरीबाट संयुक्त कारोबार शुरू गरेको छ ।
हाल लक्ष्मी सन्राइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५५ शाखा, ३१९ एटीएम, २८ एक्स्टेन्सन काउन्टर र १२९ शाखारहित बैंकिङ्ग एजेन्ट रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ जेठ २०८१, १४ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लक्ष्मी सन्राइज बैंकले गर्यो ललितपुरमा सेवा विस्तार