सहकारी प्रकरणः कार्यादेश बनाउन कार्यदलको बैठक बस्दै

सफल खबर संवाददाता

विहीबार, १० जेठ २०८१, ०८ : ४४
सहकारी प्रकरणः कार्यादेश बनाउन कार्यदलको बैठक बस्दै

काठमाडौ । सहकारीको रकम अपचलनको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउने प्रयासस्वरुप बिहीबार कार्यदलको बैठक बस्न लागेको छ । 

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा  दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।

यसअघि मंगलबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सत्तापक्षलाई कार्यादेशको मस्यौदा ल्याउन भनेको थियो । तर, एमाले अध्यक्ष केपी ओली झापामा भएकाले सत्तापक्षले मस्यौदा ल्याउन ढिलाइ गरेको हो । 

कार्यदलमा सहमति जुटेर छनबिन समिति गठन भएमा संसदको जारी अवरोध हट्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस