नक्सालस्थित बालमन्दिरको जग्गा हिनामिनामा सीआईबीले दायर गर्‍यो मुद्दा

सफल खबर संवाददाता

विहीबार, २७ बैशाख २०८१, ११ : ५८
नक्सालस्थित बालमन्दिरको जग्गा हिनामिनामा सीआईबीले दायर गर्‍यो मुद्दा

काठमाडौं। नक्सालस्थित बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मुद्दा दायर गरेको छ ।नेपाल बाल संगठनकी तत्कालीन अध्यक्ष रितासिंह वैद्यलगायतविरुद्ध बिहीवार मुद्दा दर्ता गरिएको सीआईबी प्रवक्ता  एसपी होविन्द्र बोगटीले जानकारी दिए ।

यस्तै बाल संगठनका तत्कालीन उपाध्यक्ष तुलसी नारायण श्रेष्ठ, महासचिव गणेशभक्त श्रेष्ठविरुद्ध मुद्दा दायर गरिएको छ ।बालमन्दिरको जग्गा व्यावसायिक प्रयोजनका लागि भाडामा लगाउँदा अनियमितता गरेकोमा विषयमा छानबिनपछि मुद्दा दायर गरिएको हो ।

बृहस्पति विद्या सदन नक्सालका ८ जनालाई पनि प्रतिवादी बनाइएको सीआईबी स्रोतले  जानकारी दियो ।