कर्णाली सरकारले आजै पूर्णता पाउँछ : मुख्यमन्त्री कँडेल

सफल खबर संवाददाता

मंगलबार, १८ बैशाख २०८१, १३ : ०१
कर्णाली सरकारले आजै पूर्णता पाउँछ : मुख्यमन्त्री कँडेल

काठमाडौं। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सरकारले आजै पूर्णता पाउने बताएका छन् ।मुख्यमन्त्रीसहित सबै मन्त्रालयको जिम्मेवारी आफैंले सम्हालेका उनले सत्ता साझेदार दलहरूसँगको समन्वयमा आज मन्त्रिपरिषद् पूर्णता दिन लागेका हुन् ।

उनले यही वैशाख १२ गते विनाविभागीय मन्त्रीका रुपमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा दलका प्रमुख सचेतक रणसिंह परियारलाई नियुक्त गरेका थिए ।

आज नेकपा (एमाले)को भागमा परेका भौतिक पूर्वाधार तथा सहरी विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी र आन्तरिक मामिला तथा कानूनमन्त्री नियुक्त गरिने मुख्यमन्त्री कँडेलले बताए ।माओवादीको भागमा परेका आर्थिक मामिला तथा योजना, सामाजिक विकास, उद्योग, पर्यटन, वन तथा वातावरण, जलस्रोत तथा ऊर्जा विकासमन्त्री नियुक्त हुने जनाइएको छ ।

नियुक्त हुने मन्त्रीहरूको नाम मुख्यमन्त्री कँडेललाई दिइसकिएको माओवादी केन्द्र कर्णाली प्रदेश सभा दलका नेता राजकुमार शर्माले जानकारी दिए ।दुवै दलबाट को–को मन्त्री हुने भन्नेबारे भने खुलाइएको छैन ।

मन्त्रीहरू नियुक्त गरेर पद तथा गोपनीयताको शपथ आजै खुवाउने गरी गृहकार्य भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयले जनाएको छ ।मुख्यमन्त्री कँडेलले गत चैत २७ गते कर्णाली प्रदेश सरकारको नेतृत्व ग्रहण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस