काठमाडौं । काठमाडौं महानगरपालिकाले देशभरका जुनसुकै पालिकाका अशक्त, गरिब र असहाय बिरामीको निःशुल्क उपचार गर्ने भएको छ । यसका लागि बिरामीले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर आउनुपर्ने महानगर प्रमुख बालेन्द्र शाह (बालेन)ले बताएका छन् ।
निःशुल्क उपचारका लागि काठमाडौं महानगरसँग ५२ अस्पतालका २७४ बेड रहेका प्रमुख शाहले जानकारी दिए ।यसका लागि ११८० मा फोन सम्पर्क वा काठमाडौं महानगरको स्वास्थ्य विभागमा सम्पर्क गर्न सकिने उनले बताए ।
निशुल्क उपचार सेवा लिनका लागि चाहिने आवश्यक कागजात :
१. नेपाल सरकार/प्रदेश सरकार/स्थानीय सरकारले लक्षित वर्ग हो भनी जारि गरेको कागजात÷परिचय पत्र वा,
२. राष्ट्रिय परिचयपत्र/नेपाली नागरिकता प्रमाणपत्र/ जन्मदर्ता प्रमाणपत्र प्रतिलिपी र हालसालै खिचिएको फोटो
३. रोग पहिचान भए सोको कागजपत्र र,
४. अनुसूची–५ को आधारमा सम्बन्धित स्थानिय तहको वडाले लक्षित वर्ग हो भनी अनुसूची– ४ अनुसारको सर्जमिन गरेको कागज र,
५. सम्बन्धीत स्थानीय तहको वडा कार्यलयले उपचारको लागि अनुसूची– ३ अनुसारको सिफारिस गरेको पत्र,
बेवारिसे बिरामीले निःशुल्क उपचार सेवा लिनका लागि चाहिने आवश्यक कागजात :
१. आकस्मिक कक्षमा आएका बखत उपचार खर्च नभएका गरिब, विपन्न तथा बेवारिसे बिरामीलाई प्रारम्भिक स्वास्थ्य उपचार निःशुल्क प्रदान गर्नुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ बैशाख २०८१, १० : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपचारका लागि विदेशबाट नेपाली अस्पतालमा आउन थाले बिरामी
बन्दीपुर अस्पतालमा पखाला र ज्वरोका बिरामी बढे
बिरामी भएपछि २४ वर्षीया युवतीले अचानक अंग्रेजी बोल्नै बिर्सिएपछी...
बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप
मधेस प्रदेशमा सबैभन्दा बढी नयाँ कुष्ठरोगका बिरामीहरु
बैतडीका गाउँगाउँमा भाइरल ज्वरोका बिरामी बढे