काठमाडौ । सङ्घीय सरकार मातहत दर्ता भएकामध्ये २० सहकारी संस्थालाई ‘समस्याग्रस्त’ घोषणा गरिएको छ ।
गलत तरिकाले ऋण प्रवाह, आर्थिक अनियमितता र सर्वसाधारणको सेयर र बचतको चरम दुरुपयोगकै कारण यी सहकारी संस्था समस्याग्रस्त बनेका पाइएको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार समस्याग्रस्त सहकारी संस्थाको सूचीमा पछिल्लो पटक गौतमश्री बहुद्देश्यीय सहकारी संस्था लिमिटेड पनि थपिएको छ ।
२० मध्ये दुई–दुई वटा सहकारी संस्थाको सञ्चालक पनि एउटै व्यक्ति रहेको खुलेको छ । यी २० वटै सहकारी संस्थाबाट झन्डै १७ अर्ब रुपियाँ अपचलन भएको छ । गोरखापत्रमा विस्तृतमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०९ बैशाख २०८१, ०७ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३४ जना बचतकर्ताको बचत रकम फिर्ता
सुरु भयो सहकारीको बचत फिर्ता
सहकारी बचत फिर्ता ऋण असुलीबाट गरिने
समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता जेठ पहिलो सातादेखि सुरु हुने
महिलालाई आत्मनिर्भर बनाउँदै सहकारी
सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्नेबारे सरोकारवालासँग छलफल गर्दै मन्त्रालय