स्काइवाक टावरको टिकट खरिदमा प्रभु बैंक लिमिटेडका ग्राहकलाई छुट

सफल खबर संवाददाता

मंगलबार, ०४ बैशाख २०८१, १५ : ०९
स्काइवाक टावरको टिकट खरिदमा प्रभु बैंक लिमिटेडका ग्राहकलाई छुट

काठमाडौ । प्रभु बैंक लिमिटेडका ग्राहकहरूलाई स्काइवाक टावरको टिकट खरिदमा छुट दिन प्रभु बैंक लिमिटेड र वन्डर्स नेपाल प्रा.लि.बिच दुई पक्षीय समझदारी भएको छ । सो समझदारी पत्रमा प्रभु बैंक लिमिटेडको तर्फबाट प्रमूख मार्केटिङ्ग अफिसर रविन्द्र ढकाल र वन्डर्स नेपाल प्रा.लि (स्काइवाक) का तर्फबाट कार्यकारी निर्देशक पदम प्रसाद न्यौपानेले हस्ताक्षर गरे ।

सम्झौता अन्र्तगत, प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुले यो सुविधा दुई वर्षसम्म उपभोग गर्न पाउनेछन् ।

यस सम्झौता अनुसार बैंकका ग्राहकले टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउनेछन् । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले टिकट खरिद गर्दा प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक पेश गर्नुपर्ने छ । 

प्रतिक्रिया दिनुहोस