मधेस प्रदेशसभा बैठक अवरुद्ध

सफल खबर संवाददाता

मंगलबार, ०४ बैशाख २०८१, १४ : ३९
मधेस प्रदेशसभा बैठक अवरुद्ध

वीरगन्ज । मधेस प्रदेशको सदन सुरु नहुँदै अवरुद्ध भएको छ । विश्वासको मत लिनका लागि सुरु गरिएको सदनको बैठक जनमत पार्टीले विरोध गरेपछि १० मिनेटको लागि बैठक स्थगित गरिएको छ ।जनमतले गरेको विरोधमा कांग्रेसले साथ दिएपछि सभामुख रामचन्द्र मण्डलले १० मिनेटको सदनको बैठक स्थगित गरेको सूचना दिएका थिए ।

राजविराजको कृषि विश्वविद्यालयमा भएको घटनाको लागि छानबिन गठनको माग गर्दै विरोध जनाएपछि सभामुख मण्डलले सदनको बैठक स्थगित गरेको जानकारी दिएका थिए।

प्रतिक्रिया दिनुहोस