काठमाडौँ । गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) माधवप्रसाद उपाध्यायले पदबहाली गरेका छन् । एक कार्यक्रमकाबिच पद तथा गोपनीयताको शपथ ग्रहण गरेका उपाध्यायले आइतबार पदबहाली गरेका हुन् ।
गत चैत्र २५ गते बुधबार बसेको बैंकको सञ्चालक समितिको ३०४औं बैठकले बैंकको नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत उपाध्यायलाई २०८१ वैशाख १ गतेदेखि लागू हुने गरी ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
व्यवस्थापनमा स्नातकोत्तर गरेका उपाध्याय गरिमा विकास बैंकमा संस्थापना कालदेखि कार्यरत रहनुका साथै विगत १५ वर्षदेखि कम्पनी सचिवको रूपमा र विगत ११ वर्षदेखि नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ बैशाख २०८१, १४ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गरिमा विकास बैंकको क्रेडिट कार्डमा ईएमआई सेवा सुरु
गरिमा विकास बैंककाे क्रेडिट कार्डमा ईएमआई सेवा सुरु
कीर्तिपुरमा गरिमा विकास बैंकको शाखा कार्यालय
गरिमा विकास बैंकको वित्तीय साक्षरतासम्बन्धि विशेष भिडियो सार्वजनिक