काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल गृह जिल्ला तनहुँ पुगेका छन् । तनहुँको भिमाद नगरपालिका-६ स्थित जनज्योति क्याम्पसको नवनिर्मित भवनको उद्घाटन तथा क्याम्पसको १६औँ वार्षिकोत्सव तथा पाँचौ अधिवेशनमा सहभागी हुनका लागि राष्ट्रपति त्यहाँ पुगेका हुन् ।
कार्यक्रमलाई भव्य र सभ्य बनाउन सबै नगरवासीलाई कार्यक्रममा आमन्त्रण गरिएको छ । कार्यक्रम उद्घाटन अगार्डि भिमाद बजारमा विभिन्न सङ्घसंस्था, आमा समूह, युवा क्लव लगायतको सहभागितामा झाँकी प्रदर्शन गरिनेछ ।
विसं २०७३ सालमा शिलान्यास भई विसं २०७९ सालमा क्याम्पसको भवन निर्माण सम्पन्न भएको थियो । क्याम्पसमा भिमाद, घिरिङ, ऋषिङ लगायत आसपासका विद्यार्थी अध्ययनरत छन् । अधिवेशनले क्याम्पस सञ्चालक समितिको नयाँ नेतृत्व चयन गर्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ चैत्र २०८०, १२ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दूध उत्पादनमा नमुना बन्दै तनहुँको ‘बेल वास गाउँ’
दसैँ सुरु भएसँगै मानुङकोटमा पर्यटकको चहलपहल
तनहुँका सिमनाथ–काहुँ सडक कालोपत्र गरिँदै
सडक बन्द गरी मर्स्याङ्दीमा खसेको बस निकालिँदै