आयरल्यान्ड ए विरुद्ध कमलसिंह ऐरीले लिए ह्याट्रिक

सफल खबर संवाददाता

बुधबार, २१ चैत्र २०८०, १२ : ३३
आयरल्यान्ड ए विरुद्ध कमलसिंह ऐरीले लिए ह्याट्रिक

काठमाडौं । आयरल्यान्ड ए विरुद्धको म्याचमा नेपाल ए का बलर कमलसिंह ऐरीले ह्याट्रिक विकेट लिएका छन् । उनले ३९ औं ओभरको खेलमा लगातार बलमा तीन ब्याट्सम्यानलाई आउट गरे ।

ऐरीको ह्याट्रिक विकेटसँगै नेपाल ए विरुद्धको पहिलो एकदिवसीयमा आयरल्यान्ड ए १५७ रनमा समेटिएको छ । ऐरीले चार विकेट लिन सफल भए । ३९ औं ओभरको पहिलो बलमा लियाम म्याककार्थीलाई सहाब आलमको हातबाट ऐरीले क्याचआउट गराए । दोस्रो बलमा म्याथु हुम्फ्रेजलाई बोल्ड गरे भने तेस्रो बलमा बेन ह्वाइटलार्ई पनि बोल्ड गरे ।

ऐरीले ६.३ ओभर बलिङ गर्दा २१ रन खर्चेर चार विकेट लिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस