काठमाडौं । राष्ट्रियसभा बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ ।
आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले कार्यब्यवस्था परामर्श समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्नेछन् ।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले ‘राष्ट्रिय निकुञ्ज, बन्यजन्तु आरक्ष र मध्यबर्ती क्षेत्रमा मानव र बन्यजन्तु बीचको दन्दको अवस्था अध्ययन प्रतिवेदन, २०८० माथी छलफल गरियोस’ भन्ने प्रस्ताव पेश गर्नेछन् ।
आगामी आर्थिक बर्ष २०८१-८२ का लागि बिनियोजन बिधेयकका सिद्दान्त र प्राथमिकता माथी सभामा छलफल जारी रहने संसद सचिवालयले जनाएको छ ।
साथै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘अनुगमन मुल्याङकन बिधेयक २०८० माथी प्रतिनिधिसभावाट भएको संसोधन प्रति छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन’ भने सो ‘प्रस्तावलाइ पारित गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्न कार्यसुचीमा उल्लेख छ ।
साथै, अर्थमन्त्री बर्षमान पुनले ‘सुरक्षित कारोबार (पहिलो संसोधन) बिधेयक २०८०लाइ दफावार छलफलका लागि बिधायन ब्यवस्थापन समितिमा पठाइयोस’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेले सार्बजनिक गरेको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ चैत्र २०८०, ०८ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज
राष्ट्रियसभा बैठक: प्रधानमन्त्री कार्कीले आज चलचित्र विधेयक पेस गर्ने
राष्ट्रियसभा बैठक बस्दै : सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव प्रस्तुत गरिने
राष्ट्रियसभा अन्तर्गत दुईवटा समितिको बैठक बस्दै
राष्ट्रियसभा बैठक बस्दै, चलचित्र विधेयक पेस गरिने
राष्ट्रियसभामा १७ सदस्यका लागि सातवटै प्रदेशमा मतदान जारी