अध्यक्ष नेपाल र घनश्यामको आग्रहमा मनाङेलाई मन्त्री बनाएँ: मुख्यमन्त्री पाण्डे

सफल खबर संवाददाता

मंगलबार, ०६ चैत्र २०८०, १४ : १४
अध्यक्ष नेपाल र घनश्यामको आग्रहमा मनाङेलाई मन्त्री बनाएँ: मुख्यमन्त्री पाण्डे

काठमाडौँ।  हिजो गण्डकी प्रदेशको भौतिक पुर्वाधार मन्त्री राजीव गुरुङ (दीपक मनाङे) बनेका थिए ।उनलाई प्रदेशको पुर्वाधार मन्त्री बनाउन नेकपा एसका नेताहरूले दबाब दिएको प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले बताएका छन् ।

आफूलाई मनाङेलाई मन्त्री बनाउन अध्यक्ष माधव कुमार नेपाल र महासचिव घनश्याम भुसालले धेरैपटक फोनमा र भेटेर आग्रह गरेको उनको भनाइ छ ।

उनले भने, ‘माधव नेपालले पनि धेरैपटक भन्नुभएको हो । मैले समय आएपछि बनाउँला भनेको थिए । अहिले मलाई त्यो उपयुक्त समय आयोजस्तो लाग्यो र उहाँहरूले भनेकै मान्छेलाई मन्त्री बनाइदिएको छु ।’

प्रतिक्रिया दिनुहोस