काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकले प्रतिनिधि सभा सदस्य मञ्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले अन्सारीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रस्ताव प्रस्तुत गरे ।
उक्त प्रस्ताव बैठकले सर्वसम्मतरुपमा पारित गरेको थियो । बैठकमा दिवङ्गत सांसद अन्सारीप्रति एक मिनेट मौनधारणा गरिएको थियो । अन्सारी जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विसं २०७९ को प्रतिनिधि सभामा समानुपातिक सदस्यका रुपमा निर्वाचित भएकी थिइन् । उनको उपचारका क्रममा आइतबार निधन भएको थियो ।
राष्ट्रिय सभाको अर्को बैठक यही चैत ७ गते बुधबार बिहान ११ बजेर १५ मिनेटमा बस्नेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ चैत्र २०८०, १३ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरोकारवालासँग परामर्शपछि मात्रै विधेयक प्रक्रिया अघि बढ्ने राष्ट्रिय सभा अध्यक्ष दाहालको दाबी
राष्ट्रिय सभाका समिति सभापतिहरूले लिए शपथ
राष्ट्रिय सभा उपाध्यक्ष भण्डारीले लिइन् शपथ
राष्ट्रिय सभाका विषयगत समितिमा सदस्य हेरफेर
राष्ट्रिय सभामा नेकपाको संसदीय दलको नेतामा झक्कु सुवेदी
एमाले राष्ट्रिय सभा संसदीय दलको नेतामा डा. प्रेम दंगाल चयन