दुई विषयगत समिति सभापतिले लिए शपथ

सफल खबर संवाददाता

सोमबार, ०५ चैत्र २०८०, १३ : ३७
दुई विषयगत समिति सभापतिले लिए शपथ

काठमाडौँ । राष्ट्रियसभा अन्तर्गतका दुई विषयगत समिति सभापतिले पद तथा गोपनियताको शपथ लिएका छन् । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गोल्जेन शेर्पा र विकास, आर्थिक मामिला तथा सुशासन समिति कमला पन्तले सोमबार बिहान शपथ लिएका हुन् ।

उनीहरुलाई राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले शपथ खुवाएका हुन् । दुवै समितिको सभापतिमा एकएक जनाको मात्रै उम्मेद्वारी परेपछि शेर्पा र पन्त सोमबार निर्विरोध निर्वाचित भएका थिए ।