काठमाडौँ । राष्ट्रिय सभा विषयगत समिति सभापतिको निर्वाचन स्थगित भएको छ । आइतबार तय भएको निर्वाचन प्रतिनिधि सभा सदस्य मञ्जु शर्मा अन्सारीको निधन भएपछि स्थगित हुन पुगेको राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले जानकारी गराएका हुन् ।
बहालवाला सदस्यको निधनमा संघीय संसद्का सभा तथा समितिका कामकारबाही स्थगित गर्ने संसदीय अभ्यास रहेकाले समिति सभापतिको निर्वाचन स्थगित गरिएको सचिव अर्यालद्वारा जारी गरिएको सूचनामा उल्लेख छ ।
दिगो विकास तथा सुशासन समितिको सभापति र राष्ट्रिय सरोकार तथा समन्वय समिति नेतृत्वविहीन छन् । दुवै समितिको सभापतिका लागि शनिबार मनोनयन दर्ताको समय तोकिएको थियो भने आइतबार निर्वाचनको समय तय भएको थियो ।
दिगो विकास तथा सुशासन समितिको सभापति पदमा नेपाली काँग्रेसकी कमला पन्त र राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापतिमा एमालेका सोनाम ग्याल्जेन शेर्पाको मात्र उम्मेदवारी परेको छ ।
एकल उम्मेदवारी परेकाले दुवै सर्वसम्मत सभापति चयन हुँदैछन् । स्थगित भएको निर्वाचन सोमबार हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ चैत्र २०८०, १५ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभा सदस्यहरूले भने : ‘अबको एजेन्डा प्रतिनिधि सभा पुनर्स्थापना होइन, चुनाव नै हो’
अन्तरिम सरकारले ल्याएको पहिलो विधेयक राष्ट्रिय सभामा दर्ता
राष्ट्रिय सभा : विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै
१९ जना सांसद राष्ट्रिय सभाबाट बिदा हुँदै
राष्ट्रिय सभाका अध्यक्ष दाहाल जेनेभा प्रस्थान
राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ गते हुने