कोटी होम महायज्ञको हवन कुण्डमा आगलागी

सफल खबर संवाददाता

शनिबार, १९ फागुन २०८०, १५ : ११
कोटी होम महायज्ञको हवन कुण्डमा आगलागी

धनगढी। अछामको साँफेवगरस्थित वैद्यनाथ धाममा जारी कोटी होम महायज्ञको हवन कुण्डमा आगलागी भएको छ ।

शनिवार दिउँसो करिब १:३० बजे हवन कुण्डमा आगलागी भएको स्थानीय राज बोगटीले बताए  ।१ सय ४४ वर्षमा एक पटक लाग्ने कोटी होम महायज्ञको हवन कुण्डमा के कसरी आगलागी भएको हो भन्ने विषय भने खुलेको छैन ।

यद्यपि तेलको ठाउँमा मट्टितेल पर्दा आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।फागुन १० गतेदेखि शुरु भएको कोटी होम फागुन २५ गतेसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस