अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो बायर्न, फाइदा लिभरकुसेनलाई

एजेन्सी

शनिबार, १९ फागुन २०८०, १० : ०१
अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो बायर्न, फाइदा लिभरकुसेनलाई

एजेन्सी । जर्मन बुन्डेस लिगामा उपाधि दाबेदार बायर्न म्युनिख बराबरीमा रोकिएको छ । 

गएराति भएको खेलमा अग्रता जोगाउन नसक्दा बायर्न म्युनिख घरेलु टिम फ्रेइवर्गसँग २-२ गोलको बराबरीमा रोकिएको हो । खेलमा सुरुवाती अग्रता भने फ्रेइवर्गले लिएको थियो । 

खेलको १२औँ मिनेटमा क्रिस्टियन गुन्टरले गोल गर्दै घरेलु टोली फ्रेइवर्गलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ३५औँ मिनेटमा बायर्नका लागि म्याथिज टेलले गोल गर्दै १-१ गोलको बराबरीमा ल्याएका थिए ।

पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा दुवै टोलीले १-१ गोल गरे । खेलको ७५औँ मिनेटमा जमल मुसिआलाले गोल गर्दै बायर्न म्युनिखलाई २-१ को अग्रता दिलाएका थिए । तर, बार्यन सम्हालिन सकेन ।

खेलको ८७औँ मिनेटमा फ्रेइवर्गका लागि लुकार होलेरले गोल गर्दै खेल २-२ गोलको बराबरीमा ल्याएका थिए । त्यसपछि दुवै टोलीले गोल गर्न नसकेपछि खेल २-२ गोलको बराबरीमा सकिएको थियो ।

प्रतिक्रिया दिनुहोस