पृथ्विमा खस्दैछ ‘बाजे भुउपग्रह’

सफल खबर संवाददाता

बुधबार, ०९ फागुन २०८०, ११ : ०२
पृथ्विमा खस्दैछ ‘बाजे भुउपग्रह’

लन्डन । यूरोपको एउटा पुरानो भुउपग्रह पृथ्विमा खस्दैछ । आगामी केही घन्टाभित्रै अर्थ रिमोट सेन्सिङ (ईआरएस) भुउपग्रह खस्ने बताइएको छ । यो सेटलाइटलाई सन् १९९५ मा लञ्च गरिएको थियो । त्यति बेदा यो कटिङ–एज भुउपग्रह थियो । यसलाई बाजे भुउपग्रह पनि भन्ने गरिएको छ ।

सन् २०११ मा सञ्चालन बन्द भएयता यो भुउपग्रह विस्तारै विस्तारै पृथ्वितिर खसिरहेको छ । बुधबार कुनै बेला यो पृथ्विको वायुमन्डलभित्र छिर्ने बताइएको छ । यो भुउपग्रह साढे २ टनको छ । यूरोपेली अन्तरिक्ष एजेन्सी (ईसा)का अनुसार यसको अधिकांश हिस्सा जल्नेछ । तर यसको केही हिस्सा बाँकी रहने सम्भावना भएको बताइएको छ । तर यसको टुक्राटाक्री मानव वस्ती भएको क्षेत्रमा खसेर क्षति गराउने सम्भावना भने न्युन रहेको बताइएको छ । भुउपग्रह समुद्रमा खस्ने अनुमान गरिएको छ ।

पृथ्विको वायुमन्डल वा सतहमा पुनः प्रवेश गर्ने तत्वहरु रेडियोएक्टिभ वा विषाक्त हुन सक्ने इसाको अर्थ अब्जर्भेशन ग्राउन्ड सेगमेन्ट डिपार्टमेन्टका मिर्को अल्बानीले भने । सन् १९९० को दशकमा ईसाले लगभग उस्तै खालका दुई ओटा ईआरएस लञ्च गरेको थियो । यी दुबै आफ्नो समयका सबैभन्दा परिष्कृत भुउपग्रहहरु थिए ।

प्रतिक्रिया दिनुहोस