ललिता निवास प्रकरणमा दीप बस्न्यात र छविराज पन्त दोषी ठहर

सफल खबर संवाददाता

विहीबार, ०३ फागुन २०८०, १९ : ३९
ललिता निवास प्रकरणमा दीप बस्न्यात र छविराज पन्त दोषी ठहर

काठमाडौँ । विशेष अदालतले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त तथा तत्कालीन भौतिक योजना सचिव दीप बस्न्यात र तत्कालीन भूमिसुधार सचिव छविराज पन्त दोषी ठहर भएका छन् ।

उनीहरूलाई दुई वर्ष कैद, ८० लाख जरिवाना र बिगो असुल गर्ने फैसला गरेको छ । उनीहरूलाई नक्कली मोही खडा गरेको दोषी ठहर गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस