राजदूत सोङले गरे चीन र नेपालका लागि शान्तिको कामना

सफल खबर संवाददाता

शुक्रबार, २६ माघ २०८०, १२ : ५६
राजदूत सोङले गरे चीन र नेपालका लागि शान्तिको कामना

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत चेन सोङले चिनियाँ नयाँ वर्षको अवसरमा चीन र नेपालको समृद्धि र शान्तिको कामना गरेका छन् । उनले शुक्रवार आफ्नो समाजिक सञ्जाल एक्समार्फत भने, ‘म चीन र नेपालका जनतालाई ड्र्यागन वर्षको शुभकामना र समृद्धिको कामना गर्दछु !’

चिनियाँ राजदूतावासले चीनको नयाँ वर्षको उपलक्ष्यमा नेपालमा विभिन्न कार्यक्रम गरी साँस्कृतिक महोत्सव मनाइरहेको छ । सोही सिलसिलामा माघ २४ गते रत्नपार्कमा दीप प्रज्वलन गरेर नयाँ वर्ष मनाइएको थियो ।

सो कार्यक्रमको प्रमुख अतिथी पर्यटनमन्त्री सुदन किँराती थिए । कार्यक्रममा चिनियाँ कलाकारले सांगीतिक प्रस्तुति दिएका थिए । नयाँ वर्षको अवसरमा दूतावासले फेबु्रअरी २१ सम्म रत्नपार्कमा दीप प्रज्वलन तथा विभिन्न कार्यक्रमक जारी रहने बताएको छ ।राजदूत सोङले यो दीप प्रज्वलनले काठमाडौँलाई उज्यालो बनाएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस