बेसारका चमत्कारिक फाइदासँगै थाहा पाउनुहोस् केही बेफाइदा

सफल खबर संवाददाता

शुक्रबार, ०५ माघ २०८०, १४ : ३०
बेसारका चमत्कारिक फाइदासँगै थाहा पाउनुहोस् केही बेफाइदा

काठमाडौं । हाम्रो भान्सामा प्रयोग हुने बेसार हाम्रो स्वास्थ्यका लागि धेरै फाइदाजनक छ । कतैकतै यसलाई हल्दी तथा हर्दीका नामले पनि चिनिन्छ ।  जेजे नामले चिनिएपनि अधिकांश नेपालीको भान्सामा सधैं प्रयोग हुने बेसार अति उपयोगी छ ।

तरकारीमा प्रयोग गरिने बेसार तरकारीकाे रंग राम्रो देखाउनुको अलवा यसले हाम्रो स्वास्थ्यलाई औषधिका रुपमा काम गरिरहेको हुन्छ । भान्सामा नियमितजसो प्रयोग हुने बेसार मसलाका रुपमा पनि लिने गरिन्छ। हामीले खानामा बेसारको प्रयोग गर्ने गर्दछौँ ।

धेरै मानिसले बेसारलाई खानाको रंग राम्रो बनाउने र स्वाद सुधार गर्ने मसलाको रुपमा मात्रै बुझ्ने गर्छन् । तर, कमैलाई मात्र थाहा हुोला कि यो एक औषधि पनि हो ।

दिनहुँ बेसारयुक्त खाना खानाले हाम्रो शरिरमा यी चमत्कारिक परिवर्तन पाइने छ ।

– बेसारमा हाम्रो शरिरमा भएको रोगसँग लड्ने क्षमताको विकास गर्दछ । यदि बेसार खाने हो भने कुनै घाऊ, चोटपटक लागेको पनि छिट्टै निको हुने गर्दछ ।

– बेसारले बुढेसकालमा हुने रोग, त्यस्तै, मोटोपन, एसिडिटीको कम गर्नुको साथै शरिरमा नचाहिँने विकारको पनि नियन्त्रण गर्दछ ।

– बेसारले दिमागी क्षमतामा विकास गर्दछ । दिनहुँ बेसार खानाले स्मरण शक्ति तेज हुनुको साथै सोच्ने शक्तिको पनि विकास गर्दछ ।

– बेसार खानाले हृदयघाटबाट बच्न सकिन्छ ।

– बेसारले क्यान्सरजन्य रोगलाग्न बाट नियन्त्रण गर्दछ । शरिरमा अनावश्यक रुपमा बढ्ने मासुको डल्ला (ट्युमर) को पनि बेसार खानाले रोकथाम गर्न सकिन्छ ।

– बेसार खानाले विभिन्न दुखाई पनि कम हुने गर्दछ ।

यसको साथै बेसारले रक्त सञ्चार प्रणालीलाई आवश्यक अनुसार नियन्त्रण पनि गर्दछ । यदि बेसारमा मरिच मिसाएर खाने हो भने रक्तचाप पनि नियन्त्रण हुने गर्दछ ।

धेरै बेसार सेवन स्वास्थ्यका जसरी फाइदाजनक छ त्यसरी नै यसकाे मात्रा नमिलाई खानाले हानिकारक पनि हुनसक्छ ।

आयुर्वेदिक चिकित्सामा बेसारलाई 'प्राकृतिक वरदान' मानिन्छ। डा अस्मिता अर्यालका अनुसार वनस्पति विज्ञानको क्षेत्रमा भएका खोज र अनुसन्धानहरूले बेसारका अनगिन्ती औषधीय गुणको पुष्टि पनि दिइसकेका छन्। बेसारमा पाइने ‘करक्युमिन’ नामक तत्वले एन्टिइन्फ्लेमेटोरी र एन्टिअक्सिडेन्टका रूपमा शरीरमा काम गर्ने र रोग प्रतिरोधात्मक क्षमता बढाउने तथ्यसँग एलोप्याथिक चिकित्सा पनि सहमत रहेको उहाँ बताउनु हुन्छ ।

यस्ता चमत्कारी गुण भएको बेसार, प्रत्येक नेपाली भान्सामा अनिवार्य मसलाका रूपमा धेरै अघिदेखि नै प्रयोग हुँदै आइरहेको छ भने पश्चिमी राष्ट्रहरूमा ‘करक्युमिन’ क्याप्स्युलको रूपमा बिक्री(वितरण एवं सेवन पनि भइरहेको छ।

तर मात्रा नमिलाई अत्यधिक रूपमा सेवन गरिएको बेसार ुहानिकारकु हुनसक्छ। सही मात्रामा प्रयोग गर्दा अनगिन्ती फाइदा भएको बेसारले मात्राभन्दा बढी सेवन गर्दा निम्त्याउने स्वास्थ्य समस्याका बारेमा बिरलैमात्र चर्चा हुने गरेको छ।

डा. अर्यालका अनुसार अत्यधिक बेसार सेवनले हाम्रो स्वाथ्यमा केही समस्या अथवा बेफाइदा निम्तिन सक्छ ।

रक्तस्राव (ब्लिडिङ डिसअर्डर)

विभिन्न अन्तर्राष्ट्रिय अनुसन्धानका अनुसार शरीरलाई आवश्यकताभन्दा बढी (दैनिक ८ ग्रामभन्दा बढी) बेसार सेवन गर्दा रक्तस्रावको समस्या देखा पर्न सक्छ। यसले रगत पातलो बनाउने र ‘ब्लिडिङ टाइम’ बढाउने गर्छ। जसका कारण चोटपटक लागेपछि रगत जम्ने प्रक्रिया सुस्त हुन्छ अनि यसले अत्यधिक रक्तस्राव गराउँछ। यसका साथै शरीरमा सजिलै निलडामहरू बस्ने समस्या पनि देखा पर्न सक्छ।

रक्तअल्पता – आइरन डेफिसियन्सी अनेमिया

हाम्रो शरीरलाई आवश्यक ‘आइरन’ आन्द्राका कोषिकाहरूले ‘फेरिटिन’का रूपमा प्रयोग गर्ने गर्छ। बेसारमा पाइने 'करक्युमिन' तत्व आन्द्रामा गई फेरिक आइरनसँग बाँधिन्छ, जसका कारण फेरिटिनको उत्पादन हुन पाउँदैन। यसरी हामीले जति नै आइरनयुक्त खाना खाए पनि अस्वभाविक रूपमा धेरै बेसार खाइराख्दा आन्द्राका कोषिकाले सो आइरन उपयोग गर्न पाउँदैन अनि रक्त अल्पताले सताउने गरेको पाइन्छ।
 

प्रतिक्रिया दिनुहोस