सिआरएल ल्याबको बिशेष छुट अफर सुरु , सबै खाले परीक्षणमा ५० प्रतिशत छुट

सफल खबर संवाददाता

सोमबार, ०१ माघ २०८०, १५ : २१
सिआरएल ल्याबको बिशेष छुट अफर सुरु , सबै खाले परीक्षणमा ५० प्रतिशत छुट

भरतपुर ।  भरतपुरको हस्पिटलरोडस्थित क्यापिटल रेफरेन्स ल्याब (सिआरएल) ले बिशेष छुट अफर ल्याएको छ । ल्याबले आज (सोमबार) बाट शरिरमा भएका समस्या पत्ता लगाउने सबै खाले परीक्षणमा बिशेष छुट ल्याएको हो ।

ल्याबमा नै हुने सबै किसिमका नियमित परीक्षणमा ५० प्रतिशत छुट हुने प्रवन्ध निर्देशक अशिम श्रेष्ठले जानकारी दिए। यस्तै 'होल बडि चेकअप ' मा पनि छुट दिईने श्रेष्ठले बताए।

यस्तै बिशेष तथा बाहिर पठाउन पर्ने परीक्षणमा पनि बिशेष छुटको व्यवस्था गरिएको उनले जानकारी दिए । 'हामीले हाम्रै ल्याबमा हुने सबै खालको परीक्षणमा ५० प्रतिशत छुटको व्यवस्था गरेका छौं । बाहिर पठाउन पर्नेमा भने बिशेष छुट दिन्छौ '  श्रेष्ठले भने ।

यस्तै घरबाटै दिईने सेवामा पनि कुनै शुल्क नलाग्ने उनले बताए। परीक्षणका लागि घरबाटै नमूना संकलन गर्दा कुनै अतिरिक्त शुल्क नलाग्ने उनले जानकारी दिए । यि छुटहरु २०८१ बैशाख ३० गतेसम्म रहनेछ ।    

ल्याबले केही दिन अघि मात्रै थप व्यवस्थापनसहित हस्पिटलरोडस्थित छहारी होटलबाट २० मिटर भित्रस्थित नयाँ स्थानबाट सेवा सुरु गरेको छ । २०७२ सालमा स्थापना भएको ल्याबले करिब ९ वर्षदेखि सेवा दिँदै आइरहेको छ । ल्याबमा ल्याब टेक्नोलोजिस्ट, प्याथोलोजिस्ट, एमएलटी, सिएमएलटी, बिएमएलटी गरी २० भन्दा बढी कर्मचारीले सेवा दिँदै आएका छन् । नेपाल सरकारको ख वर्गको मान्यता प्राप्त ल्याबले शरिरमा भएका समस्या पत्ता लगाउन सबै किसिमको परीक्षण गर्दै आएको छ ।
 

प्रतिक्रिया दिनुहोस