काठमाडौँ । सांसद डा. चन्द्र भण्डारीले बलात्कार सम्बन्धित कानूनी अवस्थाबारे प्रश्न उठाएका छन् । उनले बलात्कार कुन अवस्थालाई मान्ने भन्ने सम्बन्धमा कानूनी आवश्यकता भएको बताएका छन् ।
सामाजिक सञ्जालमा भण्डारीले लेखेका छन्, ‘कस्तो अवस्थालाई प्रेम र कस्तो अवस्थालाई बलात्कार ? बलात्कार भनेको के हो ? अनि प्रेम के हो ? प्रेम बलात्कारमा परिणत हुन्छ कि हुँदैन ? परिभाषाको अवस्था ।’
उनको स्ट्याटसमा धेरैले सन्दीपमाथिको फैसलालाई जोडेर प्रतिक्रिया जनाएका छन् । बलात्कार सम्बन्धी कानून नै त्रुटिपूर्ण रहेको तथा सन्दीपमाथि गरिएको फैसला पनि एकपक्षीय रहेको अधिकांशको टिप्पणी छ । भण्डारी गुल्मीका जननिर्वाचित सांसद हुन् ।
यसअघि हिजो गण्डकी प्रदेशका सांसदले विदेशीको इशारामा सन्दीपलाई फसाइएको आरोप लगाउँदै स्ट्याटस लेखेका थिए ।बाग्लुङका सांसद कृष्ण पाठकले लेखेका थिए, ‘विदेशीको इशारामा एक होनहार क्रिकेटरलाई बलि चढाइयो ।’
क्रिकेट सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर्याइएपछि सामाजिक सञ्जालमा विभिन्न खाले प्रतिक्रियाहरू व्याप्त भइरहेका छन् । बलात्कार सम्बन्धी कानूनको दुरुपयोग भएको अधिकांशको टिप्पणी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ पुस २०८०, १६ : १७
लेखकबाट थप