कानुन, न्याय तथा मानवअधिकार समिति बैठक

भारतसँग भएको सम्झौताको सम्पूर्ण विवरण ७ दिनभित्र उपलब्ध गराउन सरकारलाई निर्देशन

सफल खबर संवाददाता

बुधबार, २५ पुस २०८०, १३ : ०६
भारतसँग भएको सम्झौताको सम्पूर्ण विवरण ७ दिनभित्र उपलब्ध गराउन सरकारलाई निर्देशन

काठमाडौं । भारतीय विदेशमन्त्री जयशंकरको नेपाल भ्रमणको क्रममा नेपाल सरकार र भारत सरकारबीच भएका सम्झौताको पूर्णरुप सात दिन भित्र उपलब्ध गराउन संसदको कानुन न्याय तथा मानव अधिकार समितिले निर्देशन दिएको छ ।

साथै समितिले सन्धि ऐनले किटान गरेअनुसारका नेपाल पक्ष राष्ट्र पक्ष भई गरेका सन्धि सम्झौताहरुको सम्पूर्ण विवरण पनि उपलब्ध गराउन कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन पनि दिएको छ । यसको समय अवधि भने तोकिएको छैन ।

समितिले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बोलाएर छलफल गरेको थियो । भारतीय विदेशमन्त्री एस जयशंकरले यही पुस १९ गते गरेको नेपाल भ्रमणको बेला दुई देशबीच भएका सम्झौताबारे प्रधानमन्त्री प्रचण्डले जानकारी गराएका थिए । त्यसबारे प्रधानमन्त्री प्रचण्ड र समिति सदस्यहरुबीच प्रश्नोत्तर समेत भएको थियो ।

छलफलको क्रममा समिति सदस्यहरुले नेपाल सरकारले गरेका सन्धी सम्झौताहरुको जानकारी नै नहुने गरेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस